प्रभु बैंक डिबेञ्चर–२०८७ काे निष्काशन तथा बिक्री प्रबन्धकमा क्यापिटल मार्केट्स

काठमाडाैं । प्रभु बैंक लिमिटेडले ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेकाे छ ।

एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ काे निष्काशनका लागि प्रभु बैंक र क्यापिटल मार्केट्सबीच साे सम्झाैता भएकाे हाे । उक्त सम्झौतामा प्रभु बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटलका तर्फबा प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरे ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ सार्वजनिक निष्काशन गरिने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया