‘मृगौला बचाउन अभियान’ घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आज बसेको २६ औं महानगर दिवस मुल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साे कुरा उल्लेख गरेका हुन् ।

उनले भने, ‘यस बर्षको महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्प दा निर्माण–पुननिर्माण, सेवा प्रवाहलगायतका सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको तयारी गरेका छौँ ।’

यस्तै उनले रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि काठमाडौँ महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर मृगौला रोग लाग्नै नदिनका लागि  ‘मृगौला बचाउ अभियान’ घोषणाको तयारी गरेको बताए ।

प्रतिक्रिया