प्रधानमन्त्री इमान्दार हो भने वाइडबडी लगायत सबै काण्डको निष्पक्ष छानविन गरौँ : बाबुराम भट्टराई

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार हाे भने वाइडबडी लगायत सबै काण्डहरूकाे निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीकाे एक भिडियाे पाेष्ट गर्दै उनले यस्ताे बताएका हुन् । नेता भट्टराईले प्रधानमन्त्री ओलीकाे ‘म भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न’ भन्ने नीतिलाई पनि उनले लाेक कथासँग तुलना गरेका छन् ।

उनले लेखेका छन्- ‘प्रमले म भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्दा सबैले सुनेको कथामा बालकले पुलिसलाई ”हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्” भनेजस्तो सुनिदो रैछ ! साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिंग, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानविन गरौँ न त !’

प्रतिक्रिया