नेइमार र एम्बापे चम्कँदा पीएसजीको सानदार जित
२०७७ मंसिर २५ गते

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे । इस्तानबुलका लागि मेहमेत टोपालले गोल फर्काए ।
समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन् । एजेन्सी
२०७७ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








