एभरेष्ट बैंकद्वारा जोन्टा क्लब काठमाडौँलाई सहयाेग रकम हस्तान्तरण

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सीमा गोल्छालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया