विवेकशील-साझाबीच दाेस्राे पटक एकता

काठमाडाैं । विवेकशील नेपाली दल र साझा पार्टीले दाेस्राे पटक पार्टी एकता गरेकाे छ ।

बुधबार भर्चुअल कार्यक्रम गरी फुटेका दुई पार्टीले एक भएकाे घाेषणा गरेका हुन् । एकतापछि बनेकाे नयाँ पार्टीकाे नाम विवेकशील साझा पार्टी राखिएकाे छ । रवीन्द्र मिश्र पार्टी अध्यक्ष बनेका छन् भने संयाेजकमा मिलन पाण्डे छन् ।

दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन् । सचिवालय २६ सदस्यीय छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएको छ । चुनाव चिन्ह तराजु रहनेछ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977043670″ /]

प्रतिक्रिया