बिहीबार थपिए १०५६ संक्रमित, १४८३ जना निको भए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । आज (बुधबार) १ हजार ५६ संक्रमित थपिएसँगै संक्रमितको संख्या त्यति पुगेको हो ।

यस्तै आज यस्तै १ हजार ४८३ जना निको भएका छन् भने थप थप १४ जनाको मृत्यु भएको छ । योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ भने मृतक संख्या १ हजार ६५१ पुगेको छ ।

आज क्वारेन्टिनमा ५२५ जना छन् भने सक्रिय संक्रमित संख्या १२ हजार २४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया