राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा : माेहन वैद्य
२०७७ मंसिर २४ गते

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताएका छन् ।
पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन उदयपुर पुगेका महासचिव वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भनेका छन्-‘सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको छ । जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएकाे याे अवस्थामा आर्थिक सङ्कट समेत उत्पन्न हुँदै गएको छ ।’
यस्तै उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए ।
२०७७ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित









