ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७७ मंसिर २४ गते

फाइल फाेटाे
चितवन । चितवनको खैरहनीमा ट्यांकरको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट आउँदै गरेको लु १ ख ६५८१ नम्बरको ट्यांकरले ना ४१ प ९८६२ नम्बरको मोटरसाइकललाई बिहान ६:३० बजे तिर ठक्कर दिँदा भएकाे दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा खैरहनी ६ बस्ने २२ वर्षीय अब्जल देवान रहेकाे ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको उनले बताए ।
उनका अनुसार दुबै सवारी साधन र ट्यांकर चालक नियन्त्रणमा लिइएकाे छ ।
२०७७ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








