प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकूल रहेकाले भद्रपुर बाहेक तराईका अन्य विमानस्थलमा उडान हुन सकेको छैन ।

पहाडी जिल्लाको उडान सामानय रहेपनि तराईमा बाक्लो हुस्सु लागेको र विमानस्थलहरूमा भिजिविलिटीको कमी भएकाले उडान प्रभावित भएको हो । आन्तरिक उडान सूचारू हुन कम्तिमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ । अहिले विराटनगर, जनकपुर, सिमरा, भैरहवा र धनगढीको उडान प्रभावित छ ।

बिहानैदेखि उडान अवरूद्ध हुँदा विमानस्थलमा यात्रुहरूको भीड लागेको छ । मौसममा सुधार आएलगत्तै आन्तरिक उडान सूचारू गर्ने त्रिभुवन विमानस्थलले बताएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ ।

प्रतिक्रिया