सगरमाथाको उचाईबारे मन्त्री अर्याल भन्छिन्– ‘यो हाम्रो लागि विश्व कीर्तिमान पनि हो’

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्नु नेपाल र नेपालीका लागि विश्व किर्तिमान भएकाे बताएकी छिन् ।

आज (मंगलबार) नापी विभाग काठमाडौंमा गरिएको सगरमाथाको उचाई घोषणा एवम् सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले साे कुरा बताएकी हुन् । उचाई घाेषणा कार्यक्रममा उनले भनिन्- ‘सगरमाथाकाे उचाई बढ्नु हाम्रो लागि विश्व कीर्तिमान पनि हो । सगरमाथको उचाई मापनको १७० वर्षको इतिहासमा आफ्नै स्रोत र साधनमा पहिलो पटक मापन गर्न सफल भएका छाैँ । यो नेपालीका लागि सुखद क्षण हो ।’

यस्तै उनले नेपाली आफैँले सगरमाथाको उचाई मापन गर्न सफल भएका कारण नेपालको छवि अन्तराष्ट्रिय जगतमा प्रविधिमा सक्षम मुलुकको रुपमा स्थापित हुन सफल भएको पनि बताइन् ।

पछिल्लाे मापन अनुसार सगरमाथाकाे उचाई बढेकाे छ, जसअनुसार ८८४८.८६ मिटर कायम भएको छ ।

प्रतिक्रिया