शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि

विराटनगर । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएकाे पुष्टि भएकाे छ ।

मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका-१ ५४ वर्षीय श्रेष्ठको दुवै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए । डिआइजी कार्कीले भने, ‘मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ ।’

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मंगलबार बिहान ७ बजेको समयमा ४/५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएपछि प्रहरी परिचालन भएकाे थियाे । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज पनि आएको स्थानीयकाे भनाइ उद्धृत गर्दै डिआइजी कार्कीले भने ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेकाे उनले जानकारी दिए ।  श्रेष्ठको हत्या विप्लप समूहल गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया