माेरङमा गाेली हानी शिक्षककाे हत्या, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । मोरङमा गोली हानी एक शिक्षकको हत्या गरिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली प्रहारबाट हत्या भएको हो । यद्यपी गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय, माेरङका अनुसार मृतक राजेन्द्र सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको जनाएकाे छ ।
उनी मंगलबार बिहान साढे ५ बजेतिर अपहरणमा परेका थिए । घटनाबारे जानकारी पाएलगतै परिचालित प्रहरीले उनकाे खाेजी सुरू गरेकाे थियाे । खाेजीका क्रममा उनकाे शव जंगलमा फेला परेकाे हाे ।
घटनास्थलमा प्रहरी टोली पुगिसेको र अनुसन्धान भइरहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले जानकारी दिए । ‘प्रहरी घटनास्थलतर्फ परिचालित भइसकेकाे छ । घटनास्थलमा पुग्न एक/डेढ घण्टा लाग्छ,’ उनले मकालु खबरसँगकाे कुराकानीमा भने, ‘हत्या हाे हाेइन, कसले गरेकाे हाे भन्ने अनुसन्धानपछि मात्रै यकिन गर्न सकिन्छ ।’








