बालुवाटारमा सुरू भयाे सर्वदलीय बैठक

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे (साेमबार) बैठक आह्वान गरेका थिए ।

आज सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनित्व गर्ने सबै दलकाे प्रतिनिधित्व रहेकाे बताइएकाे छ । पछिल्लाे समय देशभर राजावादी आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरू एक ठाउँमा हुनुपर्नेमा जाेड दिँदै आइएकाे छ । यीनै विषयमा छलफल गर्ने अनुमान गरिएकाे छ ।

यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।

प्रतिक्रिया