मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । बैठक बालुवाटारमा केहिबेर अघिदेखि जारी रहेको प्रधानमन्त्री केपी शर्मा ‌ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनले तस्बिर सार्वजनिक गर्दै बैठक जारी रहेको बताएका हुन् । मन्त्रिपरिषद् बैठक नियमति तवरमा नै भएको बताइएको छ । मन्त्रिपरिषद् बैठकपछि आजै सर्वदलीय बैठक पनि बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्लो समय राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा छलफल हुने बुझिएको छ । यसअघि गत वैशाखमा भारतले नेपाली भूमि मिचेर सडक बनाए पछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । त्यस यता सर्वदलीय बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया