एआईजीमा सिफारिस पोखरेलविरुद्ध किन पर्‍यो राज्य व्यवस्था समितिमा उजुरी ?

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा गरेको बढुवा सिफारिसविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । विश्वराज पोखरेलको बढुवा सिफारिसविरुद्ध नागरिक समाजका एक अगुवाले उजुरी हालेका हुन् ।

उनीभन्दा सिनियर (आइजिपीका ब्याजी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आइजिपीका ब्याजीहरु डिआइजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै पोखरेललाई छलफलको लागि बोलाउने तयारी रहेको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ ।

मङ्सिर १५ गते गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआईजीमा सिफारिसमा गरेको थियो ।

 

प्रतिक्रिया