भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा विष्णुदत्त पौडेल
२०७७ मंसिर २२ गते

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा विष्णुदत्त पौडेललाई नियुक्त गरिएको छ ।
अर्बुद रोग निवारण गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको अस्पताल संघीय सरकारले जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई निर्देशकमा चयन गरेको अस्पतालका डा. प्रकाशराज न्यौपानेले जानकारी दिए ।
नेपाल अर्बुद रोग निवारण संस्थाको व्यवस्थापन शैलीमा जनताको धेरै प्रश्न उठन थालेपछि सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गर्न आदेश दिएको थियो । अस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन समेत गरिएको छ ।
कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकारद्धारा सञ्चालन गर्ने निर्णयसमेत गरेको थियो ।
२०७७ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








