बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ
२०७७ मंसिर २२ गते

|कृष्णबहादुर गिरी। फाइल फोटो|
काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाइ पाएका छन् ।
सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।
अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सोबारे पुष्टि गरेका हुन् । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाइ गरिएको थियो ।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।
२०७७ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित









