प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । बैठक भोलिको बिहान ११ बजेका लागि डाकिएको उनको सचिवालयले जनाएको छ ।

उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले समसामयिक विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।

नेपालमा पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेको छ । बैठकमा यीनैलगायतका विषयमा कुराकानी गरिने बुझिएको छ ।

यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।

प्रतिक्रिया