पर्यटकको मन लोभ्याउँदै टौदह भ्यू गार्डेन रिसोर्ट [फोटोफिचर]

काठमाडौं । टौदह घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै टौ दहको छेउमै अवस्थित टौदह भ्यू गार्डेन रिसोर्टले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ । काठमाडौबाट ६ किलोमिटरको दुरीमा अवस्थित टौदह भ्यू गार्डेनमा बसेर टौदह पोखरी राम्ररी अवलोकन गर्न सकिन्छ ।

५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको यो पोखरीको गहिराई सुख्खायाममा ६ मिटर रहेको छ । टौदहले (बुगद्यो) रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ भने नाग पञ्चमीको दिन मेला लाग्दछ । कर्कट नागको वास रहेको र केहि समय अगाडि लगभग ४ मिटर लामो कर्कट नाग घस्रदै टौदह भ्यू गार्डेनसम्म आएको रिसोर्ट सञ्चालक तथा मेनेजिङ डाईरेक्टर जय श्रेष्ठले बताए ।रिसोर्टमा बसेर मिठामिठा परिकारहरुको स्वाद लिदै साईबेरियन हाँसरु, विभिन्न प्रजातीका माछा, अनौठौ किसिमको पानी कछुवा, ३६ जातका कीरा र १ सय १६ प्रकारका पंक्षीहरुको अवलोकन गर्न सकिन्छ । टौदहमा जैविक अनुसन्धानका लागि अनुसन्धानकर्ताहरु पनि आउने गरेको रिसोर्ट सञ्चालक श्रेष्ठको भनाई छ । ३८ जातका बोटबिरुवा भएको टौदहलाई ललितपुरको जात्रा आख्यान किर्तिपुरको सभ्यतास्थल र काठमाडौँको सिमाना सम्पदा पनि भन्ने गरिन्छ ।शहरी क्षेत्रबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको टौदह कीर्तिपुर नगरपालिकाको वडा नम्बर १८ मा रहेको छ । टौदह गार्डेन रिसोर्टमा मनै लोभ्याउँने सिफुड, क्याम्प फाएर (आगो बालेर ताप्दै) र अन्य मिष्ठान्न परिकारको स्वाद लिदै पारिवारिक वातावरणमा समय व्यातित गर्न सकिनेछ । परिवारको लागि नाईट स्टेको व्यावस्था समेत भएको यस भ्यू गार्डेन रिसोर्टमा बसेर टौदहको भ्यू हेर्न टाडा–टाडाबाट आन्तरिक वा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

प्रतिक्रिया