सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती

काठमाडाैं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा, नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्रबैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. शी. को उपस्थितिमा सम्पन्न भएकाे हाे ।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन् । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बताइएकाे छ।

यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टसहरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया