माछापुछ्रे बैंकले corporatePAY प्रणाली प्रदान गर्ने

काठमाडाैं । माछापुछ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘corporatePAY’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुछ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात माछापुछ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत connectIPS अथवा  NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने बैंकले जनाएकाे छ । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा corporatePAY दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुछ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन् ।

माछापुछ्रे बैंकले यस corporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिइएकाे छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया