जब ६१ वर्षीया हजुरआमाले आफ्नै नातिनीलाई जन्म दिइन्…!

एजेन्सी । अमेरिकाको नेब्रास्का राज्यमा एक 6१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् । उनी आफ्नो समलिंगी छोरा र उनका श्रीमानका लागि एक सराेगेट बनेकी थिइन् । छाेरीकाे जन्मपछि परिवारमा खुशीकाे सिमा छैन ।

सेसिल एलेगले उनको छोरा म्याथ्यू एलेग र छाेराका पति इलियट डफर्टीकाे छाेरीलाई आफ्नो गर्भमा राखिन् र गत हप्ता बच्चा उमा लुइसलाई जन्म दिइन् । सेसिललका अनुसार तब उनले सराेगेटकाे प्रस्ताव गरेकी थिइन् जब उनकाे छाेरा र छाेराका  श्रीमानले परिवार विस्तार गर्ने कुरा गरे । सेसिलले बीबीसीसँग भनेकी छिन्- ‘विल्कुलै, उनीहरू हाँस्दै थिए ।’

त्यतिबेला उनकाे उमेर ५९ वर्ष थियाे । पहिले यी कुरा राख्दा उनका परिवारले मजाकका रूपमा लिए ।

उनका छोराको श्रीमान इलियट डफर्टी भन्छन्, ‘उनकाे तर्फबाट आएको याे निकै सुन्दर भाव लागेकाे थियाे । उनी एक निःश्वार्थ महिला हुन् ।’ तर सेसिलको घर नजिकै बस्ने म्याथ्यु र एलियटले बच्चा जन्माउने विकल्प खोज्न थालेपछि एक जना डाक्टरले  यो राम्रो विकल्प हुन सक्ने बताए ।

डाक्टरले सेसिलसँग कुरा गरे र उनका विभिन्न परीक्षणहरू पनि गरे । परीक्षणपछि सेराेगेसीका लागि संकेत मिल्याे । उनी भन्छिन्- म आफ्नो स्वास्थ्यको ठूलो ध्यान दिन्छु । बच्चालाई मेरो गर्भमा राख्न सक्छु भन्ने कुरामा कुनै शंका गर्नुपर्ने कारण थिएन । म्याथ्युले आफ्नो स्पर्म दिए र इलियटको बहिनी ली एग दाता बनिन्।

हेयर ड्रेसरका रूपमा कार्यरत एलियट भन्छन्- स्ट्रेट कपल आईवीएफलाई अन्तिम विकल्प मान्छन् ।  तर उनकाे लागि बायाेलाेजिकल बच्चाका लागि हाम्राे याे एक मात्रै आशा थियो । एक विद्यालयमा पढाउने मेथ्यु भन्छन्- हामीलाई अरुभन्दा अलग हुनुपर्छ भन्ने हामी जान्दथ्यौँ । र यसका लागि केही अलग सोच्नुपर्छ भन्ने पनि हामीले बुझेका थियौँ ।

सेसिल भन्छिन्- ‘गर्भावस्थामा कुनै जटिलता भएन । यद्यपी अन्य तीन बच्चाहरू गर्भमा छँदा भन्दा याे गर्भावस्थाकाे लक्षण तुलनात्मक रूपमा अलिकति बढी थियाे ।’

अमेरिकी राज्य नेब्रास्कामा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएकाे छ । २०१५ मा सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि त्यस्ता विवाहहरू भइरहेका छन् । तर नेब्रास्कामा यौन अभिमुखीकरणको आधारमा भेदभाव प्रतिबन्धको कुनै कानून छैन । म्याथ्यू एलेग र इलियट डफर्टीले पनि समाजमा धेरै भेदभाव सहनु परेकाे थियाे । 

उमाको जन्म भएको एक हप्तापछि सेसिलले उनी र उनको नातिनी स्वस्थ रहेकाे बताएकी छिन् । उनी भन्छिन्- यस छोरीलाई सहयोग गर्न त्यहाँ धेरै व्यक्तिहरू छन् । उनी एक मायालु परिवारमा हुर्किँदैछिन् ।

प्रतिक्रिया