राजसंस्था पुनर्स्थापनाको माग गर्दै झापामा राप्रपाको विशाल जन प्रदर्शन

काठमाडौं । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विशाल जन प्रर्दशन गरेको छ ।

राप्रपा झापाले नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता काममा नआएको भन्दै यसको खारेजी गरेर हिन्दु राष्ट्र नेपाल बनाउन माग गर्दै शनिवार विशाल जनप्रदर्शन गरेको हो।

सांसद राजेन्द्र लिङ्देनले नेपालको लोकतन्त्रले भ्रष्टाचार मौलाउन बल पुगेको बताए। सांसद लिङ्देनले आफ्नो भविष्य खोज्ने देशका तमाम युवालाई यो अभियानमा सहभागी हुन आग्रह गरे।

झापाका १५ वटै स्थानीय तहबाट हजारौं सर्वसाधारण र्‍याालीमा सहभागी भएका थिए । सहभागिहरुले भ्रष्ट्राचार, गणतन्त्र, धर्मनिरपेक्षता र संघीता बिरोधी नारा लगाएका थिए।

प्रतिक्रिया