कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०२४ संक्रमित, १० को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७४ जनाको नमुना परीक्षण गर्दा १ हजार २४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ ।

प्रतिक्रिया