राजधानीमा लाग्यो गणतन्त्र विरोधी नारा, राजसंस्थाको पक्षमा जनमत जुट्दै (फोटो फिचर)

काठमाडौं । धार्मिक सापेक्षता सहितको राजसंस्था पुर्नस्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । राष्ट्रिय नागरिक आन्दोलनको अगुवाईमा भएको प्रदर्शनमा उल्लेख्य मात्रमा नागरिकको सहभागीता थियो ।

दिउसो माइतीघर मण्डलाबाट बानेश्वरसम्म राजसंस्था र हिन्दुधर्म पुर्नस्थापनाको पक्षमा चर्का नारा लगाउँदै पुगेको प्रदर्शनमा युवा तथा बृद्धबृद्धाहरुको सहभागीता थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले गणतन्त्रका विपक्षमा चर्को नारा लगाउँदै मुलुकमा संघियता र धर्मनिरपेक्षता असफल भएको बताए । प्रदर्शनकारीहरुले नागरिकतन्त्र सहित राजसंस्था र हिन्दु धर्म पुर्नस्थापनाको माग गरे ।

‘१५ वर्ष यताको गणतन्त्र पुरै असफल भइसक्यो, दलहरुले गणतन्त्रका नाममा मुलुकको स्वाभिमान तथा अर्थतन्त्रलाई खोक्रो बनाई सके, अब मुलुक बचाउनकै लागि भएपनि राजसंस्था आउनै पर्छ ।’ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए ।

राष्ट्रिय झण्डा सहित दौरा सुरुवालमा समेत उपस्थित नागरिकले संघियताको विकल्प खोजिनुपर्ने समेत बताए । राजसंस्थाका पक्षमा बोल्दै आएका अभिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले राजसंस्था र हिन्दुधर्मका पक्षमा बोल्दै संघियता र गणतन्त्र असफल भएको जिकिर गरे ।

आज देशव्यापी रुपमा भएको प्रदर्शनमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटो तथा विभिन्न झाँकी सहित प्रदर्शनकारी सडकमा थिए ।
उनीहरुले फागुन ७ गते देश ब्यापी रुपमा निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

केहि दिन यता देशभर गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध प्रदर्शनहरु भइरहेका छन् । राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्रको पक्षमा भइरहेको प्रदर्शनमा जनसहभागीता बढ्दै गएको पाएपछि गृह मन्त्रालयले प्रशासनलाई प्रदर्शन गर्न रोक लगाउन निर्देशन दिएको थियो ।

आजै चितवनमा पनि राजसंस्थाको पक्षमा बृहद् र्याली भएको छ । र्यालीमा सहभागीहरुले गणतन्त्र, धर्मनिरपेक्षताका विषयमा चर्का नारा लगाएका थिए ।
थप तस्विरहरुः  मकालु खबर

    

 

प्रतिक्रिया