चितवनमा घन्कियो ‘गुट अन्त्य’को नारा

चितवन । चितवनमा मदन भन्डारी फाउन्डेसन गठन कार्यक्रममा ‘गुट अन्त्य’को नारा घन्किएको छ ।

चितवनको रत्ननगरमा फाउन्डेसन गठन र शपथ ग्रहण कार्यक्रमको अन्तिम समयमा पुगेका माधवकुमार नेपाल गुटका युवाहरुले गुटको अन्त्य गर्नुपर्नेलगायतका नारा लगाएका हुन् ।

केही समयअगाडि चितवनमै नेपालनिकट नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा केपी शर्मा ओली गुटका युवाहरुले पनि उसैगरी नाराबाजी गरेका थिए ।

प्रतिक्रिया