सिटिजन्स बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शनिबार,केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको हो।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बनगरी डिजिटल प्लाटफर्म जुममार्फत चौधौं वार्षिक साधारण सभासंचालन गरेको थियो।

बैकले साधारण सभा मार्फत आ.व. २०७६-७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ, भने बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६-७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत(Consolidated)वित्तीय विवरणहरु छलफल गरी स्वीकृत समेत भएको छ ।

साथै साधारण सभाले गत आर्थिक वर्ष २०७६-७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्ने सक्ने साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्णले पु¥याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरेका थिए ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६-७७सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ, भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

प्रतिक्रिया