सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वयबीच छलफल

काठमाडौं । शनिबार (आज) सत्ताधारी दल नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दै छ । यसभन्दा अगाडि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

१ बजेको सचिवालय बैठकअगाडि दाहाल–ओलीबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल भएको हो । कात्तिक २५ यता दुई अध्यक्षले पहिलो पटक एक्लाएक्लै भेटेका हुने ।

गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली अनुपस्थित भएपछि बैठक आजका लागि सारिएको थियो ।

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो ।

बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते डाक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया