फाैजीले रच्याे भारतमा इतिहास, रिलिज नहुँदै १० लाख बढि रजिष्ट्रेसन

एजेन्सी । पब्जी गेमकाे विकल्पमा तयार गरिएकाे फाैजीले भारतमा सार्वजनिक नभइकन रेकर्ड राखेकाे छ । भारतमा पब्जी गेममा प्रतिबन्ध गरेलगत्तै फौजी गेम बन्ने घोषणा गरिएको थियो ।

पब्जी पारखीका लागि फौजी एक पर्खाइको खेल बनिरहेको छ । तैपनि यो कहिले सार्वजनिक हुनेछ भन्ने बारेमा केही जानकारी दिइएको छैन । रिलिज हुनुअघि नै फौजी गेमले एक रेकर्ड राखेको छ ।

मंगलबारदेखि गुगल प्ले स्टोरमा खुलाइएको प्रि-रजिस्ट्रेशनमा यो गेमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । २४ घण्टामै १.०४ मिलियन अर्थात् १० लाख ४० हजारले यो गेमका लागि प्रि रजिस्ट्रेशन गरेका छन् ।

गुगल प्लेमा उपलब्ध लिंक केवल प्रि रजिस्ट्रेशनका लागि मात्रै हो । एकचोटी रजिष्टर गर्दा यसले गेम औपचारिक उपलब्ध भएपछि प्रयोगकर्तालाई सूचित गर्दछ । रिलिज डेट घोषणा नहुँदै यतिको संख्यामा प्रि-रजिस्ट्रेशन भएको फौजी गेम भारतीय डेभलपर एनकोर गेमले बनाइरहेको छ । अर्कोतिर पब्जी गेम भारतीय बजारमा पुनः प्रवेशका लागि प्रयासरत छ ।

धेरैले याे गेमलाइ पब्जी मोबाइलसँग तुलना गरिरहेका छन् । तर यी दुई खेलहरू एक अर्काेभन्दा धेरै भिन्न हुनेछन् । फौजी एक एक्सन गेम हुनेछ भने पब्जी एक ब्याटल रोयल गेम हो ।

प्रतिक्रिया