सिद्धार्थ बैंकको १५ प्रतिशतको लाभांश

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर १९ मा बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ मा १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२  हजार ५७ बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया