वीर अस्पतालका कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति

काठमाडौं । वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएकाे छ । हिजाे (बिहीबार) आन्दोलनकाे ४६ औँ दिन अस्पतालका कर्मचारी र पदाधिकारीबीच पाँच बुँदे सहमति भएकाे हाे ।

अस्पतालकाे पूर्ववत् सेवाहरू सहित थप सेवाहरू अझ प्रभावकारी रूपले सञ्चालन गर्ने, सेवा विस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाकाे भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने, काेभिड बिमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएकाे छ ।

यस्तै प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीकाे तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने, प्रतिष्ठानमा कार्यरत कर्मचारीकाे वृत्ति विकास चि.वि.रा.प्र (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली बमाेजिम गराउने पनि सहमति भएकाे छ ।

सहमति भएसँगै आन्दोलनरत कर्मचारीहरूले शुक्रबारदेखि नै ६ हप्तासम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

सहमति पत्र :

प्रतिक्रिया