१,५७५ संक्रमित निको हुँदा १,२७२ जनामा कोरोना पुष्टि, थप १६ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) १ हजार ५७७ जना संक्रमित निकाे भएका छन् भने थप १६ जनाकाे मृत्यु भएकाे छ । यस्तै आज क्वारेन्टिनमा ५३७ जना छन् भने सक्रिय संक्रमित संख्या १५ हजार ४४७ रहेकाे छ ।

आजकाे अपडेटसँगै देशभर काेराेना संक्रमितकाे संख्या २ लाख ३८ हजार ८६१ पुगेकाे छ । संक्रमितमध्ये २ लाख २१ हजार ८४७ जना निकाे भइसकेका छन् भने १ हजार ५६७ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया