मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सप्तरीको राजविराज नगरपालिका वडा नं ४ मा शाखा विस्तार गरेको छ । बैंकले उक्त स्थानमा ९८औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले हिजोबाट राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले गरेका थिए ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।

सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिकृयाहरु
Loading...