आजको मौसमः पहाडमा हल्का वर्षा, तराईमा हुस्सु

काठमाडौं । अहिले गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएपनि दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा पानीपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर १९ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

राती : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया