सिद्धार्थ बैङ्कद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैङ्कका तर्फबाट नायव प्रबन्धक भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवर्द्धनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।

सङ्घले विगत ४७ वर्षदेखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग कार्य गर्दै आइरहेको छ । उक्त संघलाई बैङ्कले पु¥याएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरूको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंँकले लिएको छ ।

बैङ्कले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैङ्कको रहेको छ ।

प्रतिक्रिया