बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकलाई पाँच लाखको बीमा दाबी भुक्तानी

 

काठमाडौँ । बैंक अफ काठमाडौंले आफ्ना निक्षेप ग्राहकलाई पाँ लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले रुद्र प्रसाद वस्तीलाई अक्षेरुपी पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको हो ।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थीति रहेको थियो ।

बैंकले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुबिधा रहेको छ ।

केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेका छन् । वस्तीले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आइरहेका छन् ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया