राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजेकाे मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रम ओलीले आज (बिहीबार) बिहान शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

पार्टीभित्र विवादकाे आगो दन्किरहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीचकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । यद्यपी प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजागाईंले भने उक्त भेटवार्ता नियमित प्रकृतिकाे भएकाे बताए ।

यस्तै आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । एजेन्डा भने सार्वजनिक गरिएकाे छन् ।

प्रतिक्रिया