अभिनेत्री श्वेता खड्का बिवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री श्वेता खड्का मंसिर २२ गते बिवाह बन्धनमा बाँधिदै छिन् । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

बिवाहको निम्तो कार्ड समेत बाँडिसकिएको छ । खड्काको बिवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको छ । उनी केही समयदेखि गोकर्णसँग प्रेम सम्बन्धमा थिइन् । यस अगाडि पनि खड्काको मंसिर ५ गते बिवाह हुने चर्चा चलेको थियो । तर, खड्काले उक्त समयमा आफू बिवाह गर्ने योजना नभएको बताएकी थिइन् ।

अभिनेत्री खड्काले चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेव्यु गरेकी हुन् । उनले वि स २०७१ साल असार २३ गते अभिनेता स्वं श्रीकृष्ण श्रेष्ठसँग बिवाह गरेकी थिइन् । तर, बिवाह भएको एक महिनापछि श्रेष्ठको वि.सं २०७१ साल साउन २५ गते उपचारका क्रममा निधन भएको थियो ।

खड्का पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायहरुमा पनि आवद्ध छिन् ।

प्रतिक्रिया