लाइसेन्सका लागि खुल्नेभयो अनलाइन आवेदन, कसरी भर्ने फारम ?

काठमाडौं ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने भएको छ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला गर्न लागेको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ । सूचनामा उल्लेख भए अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यस अन्तर्गत कार्यालयको माग अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम खुला हुनेछ ।

आवेदन दिन इच्छुक व्यक्तिले प्रदेशको सम्बन्धित मन्त्रालय र यातायात कार्यालयमा गएर आवेदनका लागि सम्पर्क गर्न सक्नेछ । त्यसका लागि सरकारले सातै प्रदेशका विभागीय मन्त्रालयका सूचना अधिकारी र सम्बन्धित व्यक्तिको नम्बर उपलब्ध गराएको छ ।

प्रतिक्रिया