मंसिर १८ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–तृतीया,२७ घडी ५० पला,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– आद्र्रा,१२ घडी ४७ पला,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग–शुभ,११ घडी २९ पला,बिहान ११ बजेर १६ मिनेट उप्रँन्त शुक्ल । करण–भद्रा,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त बव,रातको ०५ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०६ पला । विश्व अपाङग दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४१ मिनेटदेखी बिहान ७ बजेर ५८ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखी बिहान ९ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर १८ मिनेटदेखी बिहान १० बजेर ३५ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३६ मिनेटदेखी बिहान ११ बजेर ५३ मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ५४ मिनेटदेखी दिउसो १ बजेर ११ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखी दिउसो २ बजेर ३० मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ३१ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
-नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ११ मिनेटदेखी दिउसो २ बजेर २९ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धाको दौडमा विजयी प्राप्त हुनेछ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । कला कृतिसँग सम्बन्धीत पेशा व्यावसायमा समय खर्च गर्नेहरुका लागी समयले साथ दिनेछ । आयस्रोत सबल हुने तथा जीवनशैलीमा उल्लेख्य हुनेछ । भौतिक स्रोत साधन जुटाउदै नयाँ काम शुभारम्भ गर्न सकिनेछ । असर मित्र,शुभचिन्तक तथा जीवन साथीको सहयोगले राम्रा तथा उत्पादनमुखि काम गर्र्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । आफन्त तथा साथिभाईहरु रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउने हरुदेखी सजक रहनुहोला । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दान गर्न केही समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा समय दिएअनुशार आम्दानि कम हुनेछ भने आर्थिक रुपमा सुदृड हुन चालिएका कदमहरु बिचमानै अवरुद्ध हुनेछन् । दाजुभाई सँगको मनमुटावको कारणले कामका बाधा तथा अवरोध हुनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास बढेर जानेछ भने पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मनमा धार्मिक प्रवृती जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रो काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनी अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवार बिषेश गरि दिदि बहिनीहरुसँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउनेछ । अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ । तरपनि अनुसन्धान तथा अध्ययनमा लाग्नेहरुका लागि समय उत्तम रहेकोछ । मनमा धार्मिक प्रविति जागृत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारी व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तसँग राय बाजिनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवन सँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ती हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने तथा छोरो छोरिको प्रगति देख्न पाईने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । घरपरिवारका सदस्य वा आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ । राजनीति तथा सामाजिक काममा समर्थन भन्दा आलोचना बढि हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया