प्रदेश १ कोरोना अपडेट : ५० जना डिस्चार्ज हुँदा ९२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, बिर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ५३३ पुगेको छ ।

प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।

प्रदेश १ मा आज ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया