भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु यथावत रहने

काठमाडौं । नेपाल–भारत सिमा भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्सटेन्सन काउन्टरहरुले पुनः थप भएका छन् । भन्सार विभागले सिमा क्षेत्रका ती एक्सेन्सन काउन्टरहरुको समय थप गरेको हो ।

भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल–भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा रहेका काउन्टरहरु सञ्चालनको समय थप गरिएको छ ।

जस अनुसार भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि बैंकिङ्ग सेवा प्रवाह गर्ने छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा भन्सार विभाग, काठमाडौका तर्फ बाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आज हस्ताक्षर समेत गरेका छन् ।

भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा पनि वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया