नेकपा स्थायी कमिटीको बैठक २१ गते मात्रै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २१ गते बस्ने भएको छ ।

यसअघि १८ मंसिर (भोलि)मा बस्ने भनिएको बैठक २१ गतेसम्मको लागि स्थगित भएको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मकालु खबरलाई जानकारी दिइन् । ‘भोलि बस्ने भनिएको बैठक आउँदो २१ गते मात्रै बस्ने जानकारी महासचिवज्यूले फोन गरेरै गराउनुभएको छ । भोलि नबस्ने भएको छ ।’ नेतृ झाँक्रीले भनिन् ।

आज बसेको नेकपा सचिवालय बैठक २० गतेसम्मको लागि स्थगित भएपछि स्थायी कमिटी बैठक २१ गते बोलाइएको हो । आजको सचिवालयमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

यसअघि गत ३ मंसिरमा बसेको नेकपा सचिवालयको बैठकले १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटीको बैठक डाक्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

 

प्रतिक्रिया