‘आजको सचिवालय बैठकमा प्रधानमन्त्री सहभागी हुनुहुन्छ’

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गले आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताएका छन् ।

मकालु खबरको जिज्ञासामा नेता नेम्वाङ्गले प्रधानमन्त्रीले कहिल्यै ‘म बैठकमा सहभागी हुन्न’भनेर नभनेकोसमेत बताएका छन् ।

‘प्रधानमन्त्री आजको बैठकमा सहभागी हुनुहुन्छ । यो सहभागी हुनुहुन्न भनेर चाहिँ कहाँबाट बाहिर आयो ? उहाँ त सधैं नै सहभागी हुँदै नै आउनुभएको छ ।’ नेता नेम्वाङ्गले भनेका छन् ।

यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा ओलीले बुधबारको बैठकमा सहभागी नहुनेलगायतका ४ अडानहरु राखेका थिए ।

त्यसपछि आजको बैठकमा ओली सहभागी हुने कि नहुने भनेर चासाको रुपमा हेरिएको थियो ।

यद्यपि पनि १ बजेबाट २ बजेका लागि सारिएको बैठक अझैसम्म शुरु भइसकेको छैन ।

प्रतिक्रिया