‘मत्ता साँढेहरुका कारण गणतन्त्र दुर्घन्धित भयो’

काठमाडौं । गणतन्त्रका मत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्घन्ध मुक्त हुन नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बताएका छन् ।

आफुहरुले गणतन्त्र ल्याएको दावि गर्दै नेता गुरुङले तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोब्र्याका कारण गणतन्त्रलाई नै दुर्घन्धित बनाएको भन्दै उनीहरुलाई तह लगाउनु पर्ने बताएका छन् ।

आज विहान ट्विट गर्दै उनले भनेका छन्–‘हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोब्र्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् । गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन । जय नेपाल ।’

नेता गुरुङले पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद र भ्रष्टाचार प्रकरणका विषयमा उक्त विचार प्रकट गरेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया