रियल मड्रिड फेरि पराजित, इन्टर मिलानको पहिलो जित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड शख्तर डोनेटस्कसँग २-० गोल अन्तरले पराजित भएको हो ।

शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरेका हुन् । यो हारपछि रियल म्याड्रिड समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । अहिले रियल म्याड्रिडको ५ खेलमा ७ अंक छ भने समुहमा तेस्रो स्थानमा रहेको छ । अब समूहको अन्तिम खेल बोरुसिया एमग्लाडवाचविरुद्धको खेल जित्नै पर्ने भएको छ । सो खेल डिसेम्बर १० मा हुदै छ ।

यस समूहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो भने अब अन्तिम खेलपछि नै लाग्ने छ । एमग्लाडवाच ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने शख्तर ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गत शीर्षस्थानको ग्लाडबाख पुछारको टिम इन्टर मिलानसँग ३-२ गोलले पराजित भएको छ । ग्लाडबाखलाई हराउँदै रियलले सिजनको पहिलो जितसमेत निकालेको छ । जितका लागि रोमलू लुकाकूले दुई गोल गरे भने माट्टेओ डर्मियनले एक गोल गरे ।

यसँगै उसको पनि नक आउट स्टेजमा जाने सम्भावना कायमै छ । यदि आउँदो हप्ताको खेलमा मिलानले शख्तरलाई हराउँदा ग्लाडबाखले रियललाई हराउन सके मिलान र ग्लाडबाख नकआउट चरणमा पुग्नेछन् । त्यसो नभए मिलानको यात्रमा पूर्णविराम लाग्न सक्नेछ ।

साथै एक खेल मात्र बाँकी रहँदा समूहका चार टिमलाई नै अर्को चरण जाने अवसर कायमै छ । समूह बी बाट दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया