‘अहिले राजतन्त्र फर्किने सम्भावना म देख्दिन्’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध रहको स्पष्ट पारे । उनले भने, ‘भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हा, चीनसँग पनि सातौं शताब्दीदेखि सम्बन्ध हो ।’

नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाउँदै भारतसँग सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि रहेको रसाथसाथै, आर्थिक सम्बन्ध रहेको बताए । उनले नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट र चीनबाट १५ प्रतिशत हुने बताउँदै ५८ प्रतिशत निर्यात पनि हाम्रो भारतसँग रहेको उनको भनाइ छ ।

उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिए पनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए ।

त्यस्तै, उनले चीनसँग पनि नेपालको सिमा विवाद रहेको उल्लेख गर्दै भारत र चीनसँगको सिमा विवाद टुँगो लगाउनुपर्नेमा जोड दिए । उनले भारतबाट रअका प्रमुख, सेना प्रमुख र विदेश सचिव नेपाल आएको सुनाउँदै यी सबै नियमित भिजिट भएको जानकारी गराए । परराष्ट्रमन्त्रीलाई भारतमा निमन्त्रणा आएको जानकारी दिँदै उनले यो सकारात्मक कुरा भएको बताए ।

उनले चिनियाँ रक्षामन्त्री पनि नेपाल आएको उल्लेख गर्दै नेपाल दुई शक्तिशाली राष्ट्रको विचमा रहेकोले एज अ ईन्भेष्टमेन्ट, पर्यटन सोर्सको रुपमा लिनुपर्ने बताए । नेता महतले भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ब्रिजकोरुपमा अघि बढाउन सकिने बताए । उनले भने,‘भविष्यमा पनि दुई देशबीचको सम्बन्ध, अझै सुदृढ हुनुपर्छ । नेपालको परराष्ट्र नीति पनि त्यही ढंगले अघि बढाउनुपर्छ ।’

यस्तै उनले राजतन्त्र ल्याउनुपर्यो भनेर ठाउँ/ठाउँमा जुलुश भैरहेको भन्दै आफ्नो विचार र धारणा उठाउने अधिकार सबैको रहेको बताए । उनले संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन नभएको र भ्रष्टाचारका कारण असन्तुष्ट पक्षले त्यसको परिणामस्वरुप पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको बताए ।

जनताको आवश्यकत्ताको कदर गर्ने कुरामा सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । अहिले राजसंस्था फर्कन सक्ने सम्भावना नदेखेको स्पष्ट पार्दै उनले भने,‘अहिले नै म सम्भावना देख्दिन् । आवाज उठाउने अधिकार छ । संविधान सफल हुन सकेन, कार्यान्वयन हुन सकेन भने त्यो आवाज बढ्दै जान्छ ।’ हिन्दूराज्य कायम गरिनुपर्छ भनेर कसैले आवाज उठाउँदैमा यसमा आपत्ति गर्नु नपर्ने उनको भनाई छ ।

ट्रान्परेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सरकारले त्यो आरोप भएकोले स्विकार नगर्ने भनेर भनेको विषयमा सोधिएको प्रश्नमा उनले प्रतिवेदन हेर्दा र उनीहरुको विचार हेर्दा प्रधानमन्त्रीले भ्रष्टाचारीलाई सुरक्षा दिएको कुरा रिपोर्टमा आएको बताए ।

प्रतिक्रिया