नेकपा बैठक सकियाे, भाेलि फेरि बस्ने

काठमाडौं । सत्तारुढ नेकपाकाे मंगलबारको सचिवालय बैठक सकिएको छ । भाेलि पुनः बस्नेगरी आजको बैठक सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएपछि पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे एक बजे बसेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार आजकाे बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुई वटै राजानीतिक प्रतिवेदनका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । आजको बैठक करीब तीन घण्टा चलेको थियो ।

प्रतिक्रिया