सुजनका हत्यारा उनकै छिमेकी, आमाले भनिन्– ‘केहि समयपछि आउँछु भनेकाे छाेराे बेपत्ता भयाे’

विराटनगर । मृत अवस्थामा फेला परेका सुनसरीको दुहवी २ का एक युवकको हत्या आरोपममा उनकै छिमेकी पक्राउ परेका छन् । सोमबार बिहान दुहवी २ मा शुभलक्ष्मी उद्यागको पछाडि मृत फेला परेका १७ वर्षीय सुजन नारायण चौधरीको हत्या आरोपमा छिमेकी २० वर्षीय सुमन झा पक्राउ परेका हुन् ।

प्रकाउ परेका युवकले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् । मृतक युवक मंसिर १० गते देखि बेपत्ता थिए । युवक सम्पर्कविहिन भएकै दिन उनको हत्या भएकाे देखिएको प्रहरीले जनाएको छ ।

मृतकका साथी सुमनले सामान्य रिसको कारणले आवेगमा आएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलको छ ।

केही दिन अगाडी लागेको मेला र सार्वजानिक ठाउँमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका सुमनलाई इलाका प्रहरी कार्यालय दुहबीले सुनसरी अदालतमा सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि थप अनुसन्धान गरिरहेकाे उनकाे भनाइ छ ।

हत्यालाई कडा सजायको माग

चौधरीकोको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका छिमेकी साथी २० वर्षिय सुमन झालाई कडा कारवाही गर्न मृतकका आमाले माग राखेकी छिन् । सुजनकी आमा रुपमणि चौधरीले घटनाको निष्पक्ष छानविन गरि छोराको हत्यामा संलग्नहरूको पहिचान गरि हदैसम्मको कारवाहीको माग राखेकी हुन् ।

घरबाट गएको दिन बेलुका आमाले फोन सम्पर्क गर्दा ‘घर नजिकै छु, केहि समयपछि आउँछु’ भनेका उनी सोहि दिन बेपत्ता भएकाे आमा रुपमणिकाे भनाइ छ ।

प्रतिक्रिया